फेवातालको माटो र गेग्र्यान निकाल्ने प्रविधिबारे जापानी टाेलीसँग छलफल

पाेखरा | चैत ३०, २०८०

फेवातालको माटो र गेग्र्यान निकाल्ने प्रविधिबारे जापानी टाेलीसँग छलफल

पोखरा:   जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ ।

 

नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो ।

 

सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै यसमा थुप्रिएको माटो लगायतका नदजन्य तथा फोहोर वस्तुहरू निकाल्न उपयुक्त प्रविधिको खोजीमा रहेको बताउनुभयो ।

 

यसका लागि प्रविधिमा निकै फड्को मारेको जापानको प्रविधि र विज्ञहरूसँग आवश्यक परामर्श सहित सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।

 

प्रा.डा हारा नेतृत्वको प्रतिनिधि मण्डलले फेवातालको संरक्षण र सौन्दर्यीकरणका लागि आफूहरू काम गर्न तयार रहेको बताएको छ । यसका लागि आफूहरूसँग विज्ञता सहित अत्याधुनिक उपकरणहरू रहेको टोलीले बताएको छ ।

 

फेवातालमा माथिबाट बगेर आउने माटो तथा गेग्र्यानका कारण यसको भविष्य माथि नै अनिश्चितता उत्पन्न भएको भन्दै आफूहरू स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको जापानी टोलीले बताएको छ ।

 

फेवातालको संरक्षणका लागि माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गरी माटो लगायत नदजन्य सामाग्रीहरू रोक्ने र तालको सौन्दर्यीकरण गर्दै थुप्रिएको पानी मुनिको माटो समेत निकाल्ने योजनामा महानगरपालिका रहेको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्